रौतहटमा चोरीको मोटरसाईकलसहित दुई जना पक्राउ

२०८२ बैशाख ५, शुक्रबार २१:०७

सर्लाही – रौतहटमा चोरीको मोटरसाईकलसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा जिल्लाको गरूडा नगरपालिका ४ बस्ने बर्ष २० को आशुतोष कुमार साह र सोही ठाउँका बर्ष १९ को जयराम साह कलवार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनीहरुलाई गत बुधबार दिउँसो २ बजे ईलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरी गस्ती टोलीले चन्द्रपुर नगरपालिका १० बालचनपुर चोक नजिक पश्चिम किनारमा २ जना पुरूष व्यक्ति निलो रंगको अपाचे मोटरसाईकलसहित शंकास्पद अवस्थामा बसेको हेरेर नियन्त्रणमा लिएको थियो।

उनीहरू सँग मोटरसाईकल नम्वर बिआर ३० ए ८०३३ र ईन्जिन नम्बर एमडी ६३४ एई ८ एक्स एम्टू बि १४६५०,च्यासिस नम्बर एई ८ बिएम २११४२८९ भएको TVS कम्पनीको १६० CC को मोटरसाईकलको सवारी दर्ता,भन्सारका कागजातहरू माग गर्दा नभएको बताएका थिए।

दुबैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उक्त मोटरसाईकल चोरी गरी ल्याएको पुष्टि भएकोले उनीहरूमाथि चोरी सम्बन्धी मुद्दा दायर गरी म्याद थप गरी थप अनुसन्धान भई रहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार