लागूऔषध नाइट्राजेपामसहित दुई जना पक्राउ

२०८२ बैशाख ६, शनिबार ०७:१९

सर्लाही – पर्सामा लागूऔषध नाइट्राजेपामसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा जिराभवानी गाउँपालिका–५ हरैया टोलका २५ वर्षीय दिलिप प्रसाद राय र २२ वर्षीय राजबिध्या प्रसाद खाँ थारु रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सुवर्णपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको ना १२ प ३१०६ नम्बरको डिस्कभर मोटरसाइकल रोकेर खानतलासी गर्दा चामलको बोराभित्र लुकाइछिपाई ल्याइएको नाइट्राजेपाम भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो।

प्रहरीले उनीहरुको साथबाट नाइट्राजेपामका ८८६ ट्याबलेट बरामद गरेको छ। उनीहरूविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार