‘प्रेम प्रस्ताव’ राखेको विषयमा झैझगडा हुँदा महिलामाथि गोली प्रहार

२०८२ बैशाख ६, शनिबार १०:५४

सर्लाही – रुपन्देहीको बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका २९ वर्षीया टिका विष्टमाथि गोली प्रहार भएको हो।

पाल्पाको रैनादेवि गाउँपालिका छहरा घर भई हाल बुटवल–११ बुद्धनगर बस्ने विष्टको ढाडमा गोली लागेको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहार गर्ने युवक फरार रहेको प्रहरीले जनाएको छ।

युवकले युवती समक्ष ‘प्रेम’ प्रस्ताव राखेको विषयमा झैझगडा हुँदा गोली प्रहार भएको बताइएको छ । घटनास्थलमा प्रहरीको टोलि पुगेर घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार