परराष्ट्रमन्त्री डा. आरजु राणा आज थाइल्याण्ड जाँदै

२०८२ बैशाख ७, आईतवार ०७:२८

सर्लाही – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज थाइल्याण्ड जादैछिन ।

परराष्ट्र मन्त्रालयका अनुसार बैंककमा आयोजना हुने संयुक्त राष्ट्र संघको एसिया तथा प्रशान्त आर्थिक तथा सामाजिक आयोगको ८१औं सत्रमा भाग लिन मन्त्री राणा आज थाइल्याण्ड जान लागेकी हुन्।

मन्त्री राणाले आयोगको ८१औं सत्रको अध्यक्षता गर्ने छिन। सत्रको विषयवस्तु ‘एसिया तथा प्रशान्त क्षेत्रमा लचिलो र दिगो शहरी विकासका लागि क्षेत्रीय सहयोग’ रहेको छ।

परराष्ट्रमन्त्री राणाले परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र बैंककस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै थाइल्याण्ड जाने मन्त्रालयले जानकारी दिएको छ । मन्त्री राणा अप्रिल २५ मा काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार