
जाजरकोट – भारतको उत्तरकाशीस्थित एक खोलामा परेर जाजरकोटकि एक महिला ७ दिन देखि बेपत्ता छन्। गत बैशाख १ गते अर्थात् नयाँ बर्षको दिन जाजरकोटको कुशे गाउँपालिका – २, टालेगाउँ लाम्पाटकी ३५ वर्षीया बिन्दा शाही भारतको उत्तरकाशीस्थित एक खोलामा भिडियो बनाउने क्रममा परेर बेपत्ता भएकी हुन्।
उनको खोजिकार्यका लागि घटना घटेको केहि दिनपछि परिवारका सदस्यहरुसहित केहि आफन्त उक्त स्थानमा गएको र खोजि कार्य गरिरहेको भएपनि हालसम्म कुनै अत्तोपत्तो हुन् सकेको छैन। पिडित परिवारले बिन्दाको खोजिमा सहयोग गरिदिन नेपाल सरकार, स्थानीय तह (कुशे गाउँपालिका) सहित देश तथा बिदेशमा रहेका सबैलाई आग्रह गरेका छन्।
बेपत्ता बिन्दाका श्रीमान पूर्ण बहादुर शाहीका अनुसार आफूहरुले उनको खोजीको लागि सक्ने जति गरिरहेको बताए। घटना घटेको यति लामो दिन भईसके पनि प्रभावकारी ढंगले खोजि हुन् नसकेको उनले बताए। उनले भने ‘यस्तो अवस्थामा सरकार र सरोकारवाला निकायहरूसँग आर्थिक र मानवीय सहयोगको अपील गर्दछौ।’
काठमाडौंमा बस्दै आएकी उनि नयाँ वर्ष मनाउन आफ्नी छोरीसहित भारतको उत्तरकाशी गएकी थिइन्, जहाँ उनीहरूका केही आफन्तहरू र अन्य नेपालीहरू पनि बसोबास गर्छन्। नयाँ बर्षका दिन त्यो खोलामा भिडियो खिच्ने क्रममा चिप्लिएर बगेर बेपत्ता भएकी हुन्। सार्वजनिक भिडियोमा उनकी छोरीको हातमा रहेको मोबाईलबाट भिडियो खिच्न लगाएर आफू खोलामा गएको देख्न सकिन्छ र त्यसपछि एक्कासी चिप्लिएर पछाडी तिरबाट खोलाले बगाएको छ।
खोलाले बगाउने क्रममा मोबाईलमा भिडियो खिच्दै गरेकि उनकी छोरीले ‘मोम्मी’ भनेको दुई पटक सुन्न सकिन्छ। र भिडियो सकिन्छ। घटना घटेको केहि समयमा त्यहाँ रहेका नेपालीहरुले त्यहाँको स्थानीय प्रशासनलाइ खबर गरेको र उद्दारका लागि सहयोग गर्न आग्रह गरेपनि खास्सै चासो नदिएको पिडित परिवार बताउँछन। सोहि भिडियो त्यसको एक दिनपछि नेपालमा अर्को कुनै महिलाको नाम र पर्वत ठेगाना राखेर अत्यन्तै भाईरल भएको थियो। पछि केहि नेपाली संचारमाध्यमले ‘फ्याक्ट चेक’ गरेर उक्त भिडियोको सत्यता बाहिर ल्याएका थिए।
यस बिषयमा कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतसंग बुझ्दा उनको खोजीको लागि पालिकाले पररास्ट्र मन्त्रालयलाई खोजीको लागि सहयोग गरिदिन अनुरोधसहितको चिठी पठाएको छ। हामीसंगको कुराकानीमा उनले बिन्दाको खोजीको लागि पालिकाले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने बताए। उनले भने – ‘खोजीको लागि परिवारका केहि सदस्य सहित आफन्तहरु जानु भएको छ, हामि सम्पर्कमै रहन्छौ भनेको आज दिउँसो फोन गरेको रिसिभ भाको छैन, भोलितिर कुरा गर्छौ, केहि न केहि खबर त आउला।