भारी वर्षाले भवन भत्किदा मृत्यु हुनेको संख्या ११ पुग्यो, ११ जना घाइते

२०८२ बैशाख ७, आईतवार १०:०९

काठमाडौं – भारतको राष्ट्रिय राजधानी क्षेत्र दिल्लीमा शनिबार एक बहुतले आवासीय भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

उत्तरपूर्वी दिल्ली जिल्लाको मुस्तफावाद क्षेत्रमा शनिवार बिहान भवन भत्किँदा ११ जनाले ज्यान गुमाएका हुन् ।

भवन भित्र त्यस समयमा सुतिरहेका २२ जना मानिस फसेको बताएका छन् । दिल्ली महानगरपालिकाका अधिकारीहरूले स्थानीय मिडियालाई भवन लगभग २० वर्ष पुरानो भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार