सर्लाहीमा खोलाको किनारमा पुरुष मृत फेला

२०८२ बैशाख ७, आईतवार १४:५०

सर्लाही – सर्लाहीमा खोलाको किनारमा एक जना पुरुष मृत फेला परेका छन्। प्रहरीका अनुसार जिल्लाको लालबन्दी २ र हरिवन ५ जोड्ने लखन्देही खोलाको पुलमुनी स्थानीय ४५ बर्षिया लक्ष्मण महतो मृत फेला परेका हुन्।

स्थानीयले उक्त स्थानमा महतोलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए। पुलमनी घोप्टो परि बालुवामा अनुहार गाडिएको अवस्थामा उनको शव फेला परेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार