रामनगरमा चार कोठे विद्यालय भवनको शिलान्यास

२०८२ बैशाख ७, आईतवार १५:१६

सर्लाही – सर्लाहीको रामनगर गाउँपालिका – २, इनर्वास्थित श्री सुनिता अरविन्द माध्यमिक बिद्यालयको चार कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ।

उक्त भवनको आज (आईतबार) पालिका अध्यक्ष राजाबाबु यादव शिलान्यास गरेका हुन् । विद्यालयको भवन शसर्त अनुदानको ५५ लाखको बजेटबाट निर्माण गरिने बताईएको छ।

शिलान्यास कार्यक्रममा पालिका अध्यक्ष राजाबाबु यादव, रामनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण यादव, रामनगर गाउँपालिका – २, का वडा अध्यक्ष सादानन्दन यादव लगायतको सहभागिता थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार