सर्लाहीमा इँटा भट्टाको खाल्डोमा डुबेर चार बर्षिय बालकको मृत्यु

२०८२ बैशाख ८, सोमबार ०७:०३

सर्लाही – सर्लाहीमा इँटा भट्टाको खाल्डोमा डुबेर चार बर्षिय बालकको मृत्यु भएको छ। जिल्लाको पर्सा गाउँपालिका –५ स्थित जिङडवा गाउँमा रहेको जोश सोना इँटा भट्टामा भारतको बिहार राज्य अन्तर्गत गया जिल्लाको दिउरी गाउँ निवासी शिवम माझीका छोरा सुवजजित कुमार माझि रहेका छन्।

प्रहरीका अनुसार शुक्रबारदेखि हराइरहेका बालकको शव शनिबार बिहान इँटा भट्टाभित्र रहेको खाल्डोमा पानीमा फेला परेको हो। माझि परिवारसहित भारतको बिहार राज्यबाट आएका करिब १५–२० जना मजदुरहरू सो इँटा भट्टामा काम गर्दै अस्थायी रूपमा बसोबास गर्दै आएका छन् ।

बालकको शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाईएको र घटनाबारे थप अनुसन्धान भइरहेको र प्रारम्भिक तथ्यहरूले बालकको डुबेर मृत्यु भएको हुन् सक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार