सर्लाहीमा ८५ हजार बालबालिकालाई खुवाइयो भिटामिन ए

२०८२ बैशाख ८, सोमबार १०:५३
सांकेतिक तस्बिर

सर्लाही – सर्लाहीमा ८५ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत सर्लाहीसहित देशभर हिजो आइतबार र अस्ती शनिबार दुुई दिन छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको हो ।

आधिकारिक विवरण प्राप्त हुन बाँकी रहे पनि जिल्लाका लागि ८५ हजार क्याप्सुल भिटामिन ‘ए’ आएको र ति सबै क्याप्सुल २० वटै पालिकामा खपत भएको स्वास्थ्य कार्यालय मलङ्गवा सर्लाहीले जनाएको छ। साथै, जिल्लामा १ लाख १५ हजार बालबालिकालाई जुकाको औषधि खुवाईएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार