
सर्लाही – टिकटक एकाउन्टमा पेस्तोल देखाएर भिडियो बनाएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ महादेव बस्ने २१ वर्षीय रघुबिन्द यादव रहेका छन्।
प्रहरीका अनुसार यादवले यही वैशाख ६ गते करिब साढे ६ बजे पेस्तोल देखाएको भिडियो टिकटकमा पोष्ट गरेका थिए । सोही भिडियोका आधारमा उनलाई पक्राउ गरिएको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।