
सर्लाही – पर्सामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाकै जिराभवानी गाउँपालिका– २ का ३० वर्षीय बिहारी राम रहेका छन्। दुर्घटनामा परेर अर्का एक जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार जिराभवानी गाउँपालिका–२ सडक खण्डमा ग ५ प ८३१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई विद्युत् पोलमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना हुँदा गम्भीर घाइते बिहारीको उपचारको लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।
दुर्घटनामा जलेश्वरका राम भने भन्ने व्यक्ति गम्भीर घाइते भएका छन्। रामको अवस्था चिन्ताजनक रहेको छ। उनको वीरगन्जको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।