शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

२०८२ बैशाख ८, सोमबार १७:५९

सर्लाही – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरू २० दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा रहेको र आसन्न कक्षा १२ को परीक्षा हुने नहुने अन्योलता बढेका बेला उनको राजीनामा आएको छ ।

याे विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबीच विवाद रहँदै आएकाे थियाे । पार्टीको बैठकमा समेत शिक्षामन्त्रीले विद्यालय शिक्षा विधेयकमा प्रधानमन्त्रीले जथाभाबी बोल्ने गरेको भन्दै असन्तुष्टि व्यक्ति गरेकि थिइन्।

प्रधानमन्त्रीले नीजि विद्यालयलाई लगानी गर्न, सरकारले लगानी सुरक्षित गर्ने बताएका थिए । शिक्षामन्त्री भट्टराईले उक्त विषयमा बोलेकोमा समेत असन्तुष्टि व्यक्त गरेकी थिइन्। उनले संविधानले निःशुल्क शिक्षाको व्यवस्था गरेको तर प्रधानमन्त्री त्यसका विरुद्धमा बोल्दै हिँडेको भन्दै असन्तुष्टि जनाएकी थिइन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार