रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा बाराका एक जना ललितपुरमा पक्राउ

२०८२ बैशाख ८, सोमबार १८:३४

सर्लाही – रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा बाराका एक जना ललितपुरमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारा घर भई हाल ललितपुर बस्ने २७ वर्षीय उमेश भोलोन रहेका छन् ।

प्रहरीका अनुसार भोलोनले ४ जनालाई रसिया पठाईदिन्छु भनी लामो समयसम्म झुक्क्याएर विदेश नपठाई सम्पर्क विहीन भएको पीडितले दिएको जाहेरी अनुसार उनलाई आज पक्राउ गरिएको हो।

पक्राउ उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार