
बलरा – सर्लाहीको बलरा नगरपालिका – ८, डुमरियाको वडा कार्यालय भवनको शिलान्यास गरिएको छ ।
सामुदायिक भवन मार्फत सेवा प्रवाह गर्दै आईरहेको वडा कार्यालयको आफ्नै भवन निर्माण हुन लागेको हो। नयाँ बन्न लागेको वडा कार्यालय भवनको आज एक औपचारिक कार्यक्रमबिच बलरा नगरपालिकाका नगरप्रमुख रामा शंकर कुशवाहाले शिलान्यास गरेका हुन्।
भवनको शिल्यान्यास गर्दै नगर प्रमुख कुशवाहाले वडा कार्यालयको भवन निर्माणपछि जनतालाई सेवा दिन थप सहज हुने बताउनुभयो। पूर्व वडा अध्यक्ष रवि साहले वडा कार्यालय भवनका लागि १० धुर जग्गा निःशुल्क प्रदान गरेका छन् भने पालिकाले चालु आर्थिक वर्षमै २५ लाख रुपैयाँ बजेट विनियोजन गरी भवन निर्माण प्रक्रिया अघि बढाएको छ।