कक्षा १२ को परीक्षा केही दिन पछि सर्ने

२०८२ बैशाख ९, मंगलवार ०६:५२

सर्लाही – यस वर्षको कक्षा १२ को परीक्षा स्थगित हुने भएको छ ।

आज मंगलवार बिहान ८ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने तयारी रहेको छ । उच्चस्रोतका अनुसार केही दिनका लागि भए पनि परीक्षा सर्ने सम्भावना रहेको छ । कति दिन सर्ने भन्ने विषयमा बोर्ड बैठकले निक्र्योल गर्नेछ ।

यदि, आज आन्दोलन रोकियो भने पनि टाढाबाट आन्दोलनमा आएका शिक्षक दुर्गम जिल्लामा पुग्ने अवस्था रहँदैन । उत्तरपुस्तिका पुगिसके पनि केन्द्राध्यक्ष विद्यालयमा पुग्नुपर्छ । अनलाइनबाट प्रश्नपत्र पु¥याए पनि प्राविधिक कारणले केही दिन सर्न सक्छ। – नेपाल समाचारपत्र

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार