
मलंगवा – सर्लाहीको सदरमुकाम मलंगवामा स्थानीय पत्रकार तथा मिडिया हाउसका प्रतिनिधिहरुको लागि दुई दिने क्षमता अभिबृद्वी तालिम आजबाट सुरु भएको छ।
आज र भोलि चल्ने तालिम सुनौलो सिसौट नेपालको आयोजना, नेपाल पत्रकार महासंघ सर्लाहीको समन्वय र इन्टरनेशनल एलर्टको सहयोगमा संचालन भएको हो। तालिमको आज पहिलो दिन विधिवत रुपमा उद्घाटन गरिएको थियो।

त्यसका साथै, तालिममा सहभागीहरुलाई पत्रकारिता, समाचार र एङ्गल, रिपोर्टिङ्गमा ख्याल गर्नुपर्ने कुरा, मल्टी मिडियाको प्रयोग, प्रभाव र दुरुपयोग, फिल्डमा जाँदा अपनाउनुपर्ने सावधानी, मिथ्या सूचनालगायतका बिषयमा प्रशिक्षण दीइएको थियो।
यस्तै, तालिमको अन्तिम दिन अर्थात भोलि पत्रकारिताको भाषा, मिथ्या सूचना के हो ? यसबाट कसरि बच्ने ?, पत्रकारका आचारसंहिता, फेलोसिपका लागि नेपाल र विश्वमा भएका अभ्यासका सम्बन्धमा प्रशिक्षण गरिने छ।