कक्षा १२ को परीक्षा स्थगित, अब बैशाख २१ गतेदेखि सुरु हुने

२०८२ बैशाख ९, मंगलवार २०:५१

सर्लाही – कक्षा १२ को परीक्षा स्थगित भएको छ ।

मंगलबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको हो। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षाको बिस्तृत तालिका बुधबार सार्बजनिक गरिने छ।

आज साँझ बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले बैशाख ११ गतेबाट सुरु हुने परिक्षा केहि दिन सार्न निर्देशन दिएका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार