रौतहटका एक युवकको नुवाकोटमा करेन्ट लागेर मृत्यु

२०८२ बैशाख १०, बुधबार ०७:०९
सांकेतिक तस्बिर

सर्लाही – रौतहटका एक युवकको नुवाकोटमा करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको चन्द्रनिगापुर नगरपालिका चपुरका ३५ वर्षीय भुवन गौतम रहेका छन्।

प्रहरीका अनुसार नुवाकोटको विदुर नगरपालिका-४ बट्टारबजारस्थति दिनेश मेकानिकल वर्कशप (ग्यारेज)मा कार्यरत उनको काम गर्ने क्रममा मंगलबार करेन्ट लागेर मृत्यु भएको हो।

करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि स्थानीय अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार