टर्कीमा शक्तिशाली भूकम्प

२०८२ बैशाख १०, बुधबार १६:३७
सांकेतिक तस्बिर

काठमाडौँ – टर्कीमा शक्तिशाली भूकम्प गएको छ ।

टर्कीमा इस्तानबुलमा ६.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो । भूकम्प ६.२ रेक्टर स्केलको रहेको र १० किलोमिटर गहिराइमा रहेको जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेसले जनाएको छ।

भूकम्पबाट इस्तानबुलका घरहरु जोडसँग हल्लिएको र जनजीवन त्रसित बनेको बिबिसीले उल्लेख गरेको छ। भूकम्प आएपछि अहिले लगातार पराकम्प आइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार