आजदेखि तराईमा तातो हावा चल्ने, सावधानी अपनाउन आग्रह

२०८२ बैशाख ११, बिहीबार ०६:४८
सांकेतिक तस्बिर

सर्लाही – जल तथा मौसम विज्ञान विभागले तराईका क्षेत्रमा आगामी दुई दिन अत्यधिक गर्मी हुने सम्भावना रहेको जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति हावाको लहरसम्बन्धी विषेश बुलेटिन जारी गर्दै आगामी दुई दिन अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।

मधेस प्रदेशलगायत वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका स्थानमा ३८ डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज र भोलि मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका तराईका क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना देखिएको छ।

सम्भावित असर तथा सुझाव

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर जस्तै : थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउन स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार