इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी थापाको सरुवा, भट्टराई आउने

२०८२ बैशाख ११, बिहीबार १५:०६

सर्लाही – इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गौतम थापाको सरुवा भएको छ। थापाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल, काठमाडौंमा सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बुधबार सार्वजनिक गरेको सूचनामा थापासहित १२१ डिएसपीहरुको सरुवा गरेको जनाएको छ । थापाको स्थानमा केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंमा कार्यरत डिएसपी निरन्जन भट्टराई आउने भएका छन्।

यस्तै, जिल्लाका तीन जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले ३७२ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा निकाल्दा सर्लाहीका तीन जना इन्स्पेक्टरको सरुवा भएको हो।

जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा कार्यरत महिला इन्स्पेक्टर सरिता मचामसीको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सरुवा भएको छ भने उनको स्थानमा नेपाल प्रहरी प्रदेश कार्यालय लागुुऔषध नियन्त्रण इकाइ वीरगन्जबाट इन्स्पेक्टर विशालबहादुर बुुढाथोकी आउने भएका छन्।

इलाका प्रहरी कार्यालय चक्रघट्टाका इन्स्पेक्टर उद्धव पोखरेलको प्रहरी वृत्त गौशाला काठमाडौं सरुवा छ भने उनको स्थानमा प्रहरी प्रधान कार्यालयबाट इन्स्पेक्टर पवनजंग कार्की आउने भएका छन्।

इलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर सुजन पाठकको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा सरुवा भएको छ, उनको स्थानमा प्रहरी वृत्त जनसेवा काठमाडौंबाट इन्स्पेकटर वीरेन्द्रसिंह जोहारी आउने छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार