सर्लाही – रुकुम पूर्व केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार रुकुम पूर्वको रामाकोटलाई केन्द्रबिन्दु बनाएर बिहीबार साँझ ७ बजेर ३४ मिनेटमा भूकम्प गएको हो। भूकम्पको धक्का रुकुम पूर्वसहित आसपासका जिल्लाहरुमा महसुस गरिएको थियो।







