सर्लाही – आजदेखि संघीय संसदको बजेट अधिवेशन शुरु हुदैछ । आज अपराहन्न १ बजेदेखि संघीय संसदको बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार बजेट अधिवेशनको पहिलो दिन आज राष्ट्रपतिको पत्र पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने तथा दलका शिर्ष नेताहरुले संसदमा सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयमा संसदमा सम्बोधन गर्ने समेत कार्यसूची रहेको छ ।
.jpg)





