५ दिन देखि हराइरहेका बालक खोलामा मृत फेला, हत्याको आशंका

२०८२ बैशाख १२, शुक्रबार ११:५०

सर्लाही – रौतहटमा ५ दिन देखि हराइरहेका बालक खोलामा मृत फेला परेका छन्। जिल्लाको वृन्दावन नगरपालिका ७ बस्ने सुरुज राय यादवका १४ बर्षिय छोरा कृष्ण प्रसाद यादव गरुडा नगरपालिका ८ स्थित चाँदी खोलामा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शव पानीमा घोप्टो अवस्थामा आज बिहान ९ बजे फेला परेको हो। बरामद शवको प्रकृति हेर्दा कर्तव्य गरी हत्या गरिएको हुन् सक्ने आशंका गरिएको छ। बालकको पेट र कन्चटमा गहिरो घाउ देखिएको छ। बालकको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।

परिवारका अनुसार उनि गत ६ गते बेलुकी ४ बजे घरबाट बिर्ता गाउँ जान्छु भनी आफ्नै मोटरसाइकल चढेर निस्किएका थिए। ३ दिनसम्म घरमा फिर्ता नआएपछि उनका परिवारले उनको खोजीको लागि ९ गते जिल्ला प्रहरी कार्यालयमा निबेदन दिएको जनाएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार