धनुषामा विष सेवन गरेका तीन सन्तानको मृत्युपछि उपचारको क्रममा आमाको पनि मृत्यु

२०८२ बैशाख १२, शुक्रबार १२:१५

सर्लाही – धनुषामा विष सेवन घटनामा तीन सन्तानको मृत्युपछि उपचारको क्रममा आमाको पनि मृत्यु भएको छ । जिल्लाको धनुषा शहीदनगर नगरपालिका ५ बासुदेवपट्टीकी ३० वर्षीया पविताकुमारी साहको उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचारको क्रममा बिहान ९:४५ बजे मृत्यु भएको हो। गत सोमबार साँझ आफ्नै घरमा तीन छोराछोरी आमाले विष सेवन गरेको अवस्थामा फेला परेका थिए । सोही दिन ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी मृत्यु भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरयासी विवादमा पविताले आफ्ना तीन सन्तानलाई विष सेवन गराई आफ‌ैं पनि सेवन गरेको खुलेको छ । ९ महिनाकी गर्भवती पवितालाई बीस सेवन पश्चात शल्यक्रिया गरी शिशु निकालिएको थियो । शिशुको अवस्था सुधारोन्मुख रहेको प्रहरीको भनाई छ।

सम्बन्धित खबर:

– विष सेवनबाट तीन बालबालिकाको मृत्यु

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार