सर्लाही – सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान ११:५३ बजे सिन्धुपाल्चोकको फुल्पिङकोटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।
२०७२ वैशाख १२ गते बिहान ११:५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्पको शुक्रबार १० वर्ष पूरा भएको छ । यस्तै साँझ ७ बजेर ३४ मिनेटमा रुकुम पूर्व केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो।






