
सर्लाही – नेपाल चिकित्सक संघको आह्वानमा तथा जनकपुर अञ्चल शाखाको अगुवाइमा जनकपुरधाममा चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन् ।
आन्दोलन अन्तर्गत आज (शुक्रवार) जिल्ला प्रशासन कार्यालय, धनुषामा सयौं चिकित्सकहरूको उपस्थितिमा धर्ना दिइएको छ। चिकित्सकहरूका अनुसार आपतकालीन सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिएको छ।
चिकित्सा शिक्षा आयोगको १६ औं बैठकमा आवासीय चिकित्सकहरूलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउने निर्णय भएपनि हालसम्म कार्यान्वयन नभएको भन्दै आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको जनाएका छन्।