पर्सामा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको नौ लाखको भिटामिनसहित एक जना पक्राउ

२०८२ बैशाख १२, शुक्रबार २२:०१

सर्लाही – पर्सामा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको नौ लाखको भिटामिनसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही महानगरपालिका–२५ सिर्सिया बस्ने ३६ वर्षीय अमृत साह कानु रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनलाई वीरगन्ज महानगरपालिका–२४ स्थित रामगढवाबाट सशस्त्र प्रहरीले करिब नौ लाख ६० हजार रुपैयाँ बराबरको भिटामिनसहित पक्राउ गरिएको हो।

ना२स १०१७ नम्बरको अटोमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको ‘लाइकोपेन विथ मल्टी भिटामिन एन्ड मल्टी मिनिरल्स क्याप्सुल–न्युट्री क्युर’ चार हजार ८०० वटा र दुई थान मोटरसाइकल समेत नियन्णमा लिइएको छ। पक्राउ परेका कानुलाई बरामद भिटामिन र सवारीसाधनसहित आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार