सर्लाहीमा प्रहरीबाट कुटिए एक युवक, कानको जाली फुट्यो

२०८२ बैशाख १३, शनिबार ०६:४२
तस्बिरमा क्रमसः इन्स्पेक्टर राजन पटेल र अर्का पिडित सुशील महतो

बरहथवा – सर्लाहीमा प्रहरीले एक जना युवकलाई निर्घात कुटपिट भएको घटना बाहिरिएको छ। जिल्लाको बरहथवा नगरपालिका-३, झिंगियाहीका २८ वर्षीय सुशील महतोलाई बरहथवास्थित इलाका प्रहरी कार्यालय बरहथवाका इन्स्पेक्टर राजन पटेलले निर्घात कुटपिट गरेका हुन्।

पिडित युवकका अनुसार आफूलाई बैशाख ४ गते सोहि प्रहरी कार्यालयका मुद्दा फाटका प्रहरी शम्भु गिरीले फोन गरि ‘तपाइँसंग विशेष काम छ भनेर बोलाएर’ मोटरसाइकल चोरिको आरोपमा सोहि दिन आफन्तसंग कुरा गर्न नै नदिएर थुनामा राखेर भोलिपल्ट बिहान साढे ८ बजे थुनाबाट निकालेर इन्स्पेक्टर पटेलले डिएसपीको चेम्बरमा लगेर सोधपुछ गर्दा ‘आफुले मोटरसाइकल चोरी गरेको नस्विकारेपछि बुट र झापडले कुटपिट गरेको उनले बताए। ‘

उनीसंगै अन्य एक दुई जना साथीहरुलाई समेत ति प्रहरीले कुटेको उनले बताएका छन्। प्रहरीको कुटपिटबाट आफ्नो बायाँ कानको जाली फुटेको र बिभिन्न ठाउँमा उपचार गरेको र गरिरहेको पिडित युवकले बताए।

चोरिको आरोपमा पक्राउ परेका आरोपीलाई अदालतबाट म्याद थप गराइ प्रहरीले अनुसन्धान गर्नुपर्छ । तर, इलाका प्रहरी कार्यालय बरहथवाले महतोलाई अदालतमा पेश नै नगरी ३ दिनसम्म हिरासतमा राखेको छ। बिहीबार हिरासतमा परेका महतोलाई प्रहरीले शनिबार साझ मात्र छाडेको थियो।

यस सम्बन्धमा बुझ्न युवकमाथि कुटपिट गर्ने इन्स्पेक्टर राजन पटेललाई सम्पर्क गर्न खोज्दा उनको फोन रिसिभ भएन भने जिल्ला प्रहरी कार्यालय सर्लाहीले कुनै जानकारी नभएको बतायो। यता इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गौतम थापाले भने यस्तो केही भएको छैन, थप बुझ्ने भए कार्यालयमै आउनु होला।

पछिल्लो समय प्रहरीले सर्वसाधारणमाथि गरेको अत्याचारका भिडियोहरु सामाजिक संजालमा भाईरल भईरहेका छन त्यसका साथसाथै प्रहरी कार्यालयले पनि सर्वसाधारणमाथि कुटपिट गर्ने प्रहरीहरुलाई धमाधम कारवाही गर्दै आईरहेको छ। घटना पुराना भएपनि अहिले भिडियोहरु सामाजिक संजालमा भाईरल भएपछी प्रहरीमाथि नै अनुसन्धान अघि बढाईरहेको देख्न सकिन्छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार