जनमत र नागरिक उन्मुक्ति पार्टीबीच १७ गते एकीकरण घोषणा हुने

२०८२ बैशाख १३, शनिबार १३:१५

सर्लाही – जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एकीकरण हुने भएका छन् । वैशाख १७ गते यी दुई पार्टीबीच एकीकरण घोषणा हुने भएको छ । १७ गते बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा औपचारिक कार्यक्रम गर्दै यी दुई पार्टी एकीकरण हुन लागेको हो।

पार्टी एकीकरण घोषणा कार्यक्रममा सबै केन्द्रीय सदस्य, भातृ तथा शुभेच्छुक संगठनका सदस्यहरूसहित उपस्थित हुन् दुवै पार्टीले कार्यकर्तालाई आग्रह गरेका छन्। जनमत पार्टीले वैशाख १६ गते पार्टीको केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

bgpti-1745647061.jpg

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार