सर्लाही – काठमाडौंमा जारी शिक्षकहरूको प्रदर्शनका क्रममा एकजना शिक्षकमाथि कुटपिट भएको छ । शनिबार दिउँसो काठमाडौं महानगरपालिका–१० स्थित बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगडी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि शिक्षकले नै कुटपिट गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जोशी कैलालीको धनगढी–१२ स्थित दुर्गा आधारभुत माध्यमित विद्यालयमा अध्यापन गराउने शिक्षक हुन् । उनी पनि शिक्षक महासंघकै आन्दोलनमा सहभागी हुन पुगेका थिए। आपसी मतभेदका कारण १५/२० जना शिक्षकले जोशीलाई कुटपिट गरेर घाइते बनाएका हुन् ।

शिक्षकहरुको कुटपिटबाट घाईते ति शिक्षकलाई प्रहरीले तत्काल मिनभवनस्थित सिभिल अस्पताल लागेको र उक्त अस्पतालमा उपचार भईरहेको जनाएको छ। उनका शरिरका विभिन्न भागमा चोटपटक लागेको बताईएको छ। आन्दोलनरत शिक्षकले केहि दिन अघि आन्दोलनमा घुसपैठ भएको भन्दै एक जना अभिभावकलाई समेत कुटेका थिए।





