
सर्लाही – धनुषामा अख्तियार र सीआईबीको कर्मचारी हुँ भन्दै ठगि गर्ने एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको शहीदनगर नगरपालिका वडा नम्बर– ५ का ३३ वर्षीय रामभजन मण्डल रहेका छन्। प्रहरीका अनुसार उनलाई आज (शनिबार) बिहान जिल्लाको शहीदनगर–३ स्थित इलाकाबाट पक्राउ गरिएको हो।
उनले आफूलाई अख्तियार र सीआईबीको कर्मचारी हुँ भन्दै विशेषगरी प्रशासनिक तथा कानुनी मामिलामा सहयोग गरिदिने भन्दै सर्वसाधारणसँग रकम उठाउने गरेको बुहिएको प्रहरीको भनाई छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।