
सर्लाही – नेपाल नेत्रज्योति संघ सर्लाही आँखा केन्द्रको भवनको शिल्यान्यास गरिएको छ। भवनको शिल्यान्यास आज (शनिबार) एक कार्यक्रमकाबिंच मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय शत्रुधन प्रसाद सिंहले गरेका हुन्।
उक्त भवन मधेश प्रदेश सरकारको ३० लाख रुपैयाँ बजेटमा निर्माण हुन लागेको तथा भवन असार मसान्तसम्म सम्पन्न गरिने लक्ष्य लिईएको नेपाल नेत्रज्योति संघ सर्लाही आँखा केन्द्रले जनाएको छ।
यस्तै, अवसरमा मन्त्रि सिंहले केन्द्रको सेवा र पूर्वाधारहरूको अनुगमनसमेत गरेको र आफ्नो आँखा समेत त्यहाँ जाँच गरेको जनाईएको छ। अनुगमन पछि मन्त्रि सिंहले केन्द्रलाई सेवा विस्तारका लागि मन्त्रालयले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।