सर्लाहीमा घरायसी विवादमा बुहारीको हत्या, जेठाजु पक्राउ

२०८२ बैशाख १४, आईतवार १२:२४
सांकेतिक तस्बिर

बलरा – सर्लाहीमा एक महिलाको हत्या भएको छ।

जिल्लाको बिष्णु गाउँपालिका – ३, मधुवन गोठमा स्थानीय ३६ वर्षिय रेनुदेवी पासवानको हत्या भएको हो। प्रहरीका अनुसार आज (आईतबार) बिहान घरायसी विवादमा उनका जेठाजु ४५ वर्षिय साहेब पासवानले धारिलो हतियार प्रहार गरि उनको हत्या गरेका हुन्।

घटनापछि साहेवलाई प्रहरीले पक्राउ गरेको छ। मृतक रेनुदेवीका श्रीमान गजेन्द्र पासवान बैदेशिक रोजगारीको क्रममा भारतमा रहेको बुझिएको छ। अहिले घटनास्थलमा प्रहरीको टोलि खटिएको र घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार