सर्लाहीमा स्रोत नखुलेको ३२ लाख रकमसहित एक पुरुष पक्राउ

२०८२ बैशाख १४, आईतवार १३:०४

मलङ्गवा – सर्लाहीमा स्रोत नखुलेको ३२ लाख रकमसहित एक भारतीय पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको सितामढी थाना घर भएका ४० वर्षीय शम्भु कुमार शाह रहेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनलाई आज (आईतबार) बिहान जिल्लाको मलंगवा नगपालिका – ६, खुटौनाबाट पक्राउ गरिएको हो।

भारतीय नम्बर प्लेटको मोटरसाईकलमा सवार भई भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो।

प्रहरीले उनको साथबाट ३२ लाख ३५ हजार नेपाली रुपैयाँ र २ हजार भारतीय रुपैयाँ बरामद गरेको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार