सप्तरीमा यात्रुबाहक बस अनियन्त्रिण भई दुर्घटना, २ जनाको मृत्यु

२०८२ बैशाख १४, आईतवार १६:१४
सांकेतिक तस्बिर

सर्लाही – सप्तरीमा यात्रुबाहक बस अनियन्त्रिण भई दुर्घटना भएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत आइतबार मध्याह्न १२ बजेतिर सप्तरीको कञ्चनरुप नगरपालिका १० बदगामा उदयपुरबाट विराटनगर तर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको यात्रुबाहक बस आफैं अनियन्त्रित भएर पल्टेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २४ बढी यात्री घाइते भएका छन् । मृत्यु हुनेमा सप्तरीको सप्तीकोशी नगरपालिका–१ बस्ने ७५ वर्षीय रत्नबहादुर मगराती छन् भने मृतक अर्की एक महिलाको सनाखत भएको छैन।

बसमा ३५ जना सवार रहेको बताईएको छ । गम्भीर, मध्यम र समान्य गरी दुई दर्जन यात्रु घाइते भएको उनीहरुको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीले घटनापछि बस चालक झापाको मेचिनगर नगरपालिका ७ का ४७ वर्षीय अमृत दर्जी र बसलाई नियन्त्रणमा लिएको छ। यस घटनाबारे थप अनुसन्धान भईरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार