स्विमिङ पुलमा डुबेर भारत विहारका एक बालकको मृत्यु

२०८२ बैशाख १५, सोमबार १०:३०
सांकेतिक तस्बिर

सर्लाही – झापामा स्विमिङ पुलमा डुबेर भारत विहारका एक बालकको मृत्यु भएको छ।

जिल्लाको भद्रपुर नगरपालिका-८ एयरपोर्ट नजिक रहेको होटल उडल्याण्डको स्विमिङ पुलमा डुबेर भारत, विहार किसनगंज जिल्ला झरमगञ्ज टोल निवासी सचिन गोस्वामीका अन्दाजी ८ वर्षीय छोरा बिरु गोस्वामीको मृत्यु भएको हो। प्रहरीका अनुसार गोस्वामी स–परिवार आइतबार घुम्न आएका थिए ।

सोही होटलमा बसेको अवस्थामा आइतबार साँझ साढे ६ बजे बालक बिरु स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेका थिए । बालकलाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा लगिएकोमा साँझ ६:५३ बजे उपचारको क्रममा मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार