
सर्लाही – बारामा रोकिराखेको ट्रकमा बस ठोक्किदा १९ जना घाइते भएका छन्।
प्रहरीका अनुसार पथलैया-हेटौंडा सडक खण्डको बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित ३ नम्बर पुल नजिक बिग्रेर रोकिराखेको प्रदेश २-०३-००१ ख ५१८७ नम्बरको कोइला लोड ट्रकसंग काँकडभिट्टाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६५५ नम्बरको बस ठोक्किएको हो।
घाईतेको बिभिन्न अस्पतालमा उपचार भईरहेको जनाईएको छ। बसले ट्रकमा ठक्कर दिँदा अनियन्त्रित भई सडकभन्दा ५ मिटर तल खसेको थियो । बसका चालक नियन्त्रणमा रहेको र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।