सर्लाही – जिल्ला कारागार कार्यालय राजविराजबाट आइतबार राति एक थुनुवा फरार भएका छन्।
चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सप्तरीको शम्भुनाथ नगरपालिका–११ का रमानन्द मन्डल फरार भएका हुन्। गत पुष ६ गतेदेखि कारागारमा रहेका उनी भागेको खबर कारागार प्रशासनले सोमबार विहान मात्रै प्रहरीलाई गराएको हो।

प्रहरीका अनुसार दैनिकी विहान हुने कैदीको गणनाको क्रममा एक जना कम रहेको पाएपछि खोजतलास गर्दा भागेको खुलेको हो। उनको खोजि कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।





