सर्लाही – पर्सामा इँटा भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्सागढी नगरपालिका-५ का रुस्तम मियाँकी ५ वर्षीया छोरी नेहा र मुख्तार मियाँकी ४ वर्षीया छोरी अफसाना रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका-२ का सन्तोष साहले सञ्चालन गरेको इँटा भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर सोमबार उनीहरुको मृत्यु भएको हो।

उनले पर्सागढी नगरपालिका –५ मा संचालन गरेको हिरा इँटा भट्टामा राति पानी परेपछि इँटा भट्टाको खाल्डोमा पानि जमेको थियो त्यहीँ जमेको पानीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको हो।
खाल्डोमा जमेको पानीमा डुबेर घाइते भएका दुवै जनालाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिए पनि चिकित्सकहरूले उनीहरूलाई मृत्यु घोषणा गरेका हुन्। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।





