सर्लाही – आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले तुलसीलाल स्मृति प्रतिष्ठानमा नेकपा एमालेले पार्टी कार्यालय राखेकोमा प्रश्न उठाएका छन् ।
‘सामाजिक कार्यको लागि निर्मित तुलसीलाल स्मृति प्रतिष्ठानमा उहाँ (प्रधानमन्त्री केपी शर्मा ओली)को पार्टीको केन्द्रीय कार्यालय छ’ साहले भने, ‘म सोध्न चाहन्छु– तुलसीलाल स्मृति प्रतिष्ठान सामाजिक संस्था हो कि व्यापारिक संस्था हो ?’

साथै, प्रतिष्ठानको नाममा नेताहरूले सरकारी बजेटको दुरुपयोग गरेको उनको आरोप छ । शाहले देशकै धनि पार्टी भएको र भूकम्पले १० बर्षअघि पार्टी कार्यालय भत्काएपनि अहिलेसम्म बनाउन नसकेको भन्दै आलोचना गरे ।





