बरहथवा – सर्लाहीको रामनगरमा आजदेखि तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । श्री जनता नमुना माध्यमिक विद्यालयको खेल मैदानमा आजबाट प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन संविधान सभा सदस्य शिवपुजन राय र पालिकाका अध्यक्ष राजाबाबु यादवले सयुक्त रुपमा गरेका हुन्।
गाउँपालिकाको आर्थिक सहयोगमा उक्त प्रतियोगित आयोजना गरिएको हो। बैशाख २२ गते सम्म सञ्चालन हुने प्रतियोगितामा पालिका भित्रका कुल ८ वटा टोली सहभागि छन् । प्रतियोगिताको उद्घाटन खेलमा आज वडा नम्बर–५, र वडा नम्बर–७, प्रतिस्पर्धा गरिरहेका छन ।

उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य शिवपुजन राय, रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादव, पालिकाका जनप्रतिनिधि तथा कर्मचारी, बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर कुशवाहा, खेलाडीलगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो।





