नागरिक उन्मुक्ति पार्टीले आजै सरकार छाड्ने

२०८२ बैशाख १७, बुधबार १५:३२

सर्लाही – नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आजै सरकार छोड्ने तयारी गरेको छ ।

पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि नाउपाले सरकार छाड्ने तयारी गरेको हो । संघीय सरकारमा नाउपाको तर्फबाट अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन् ।

बुधबार बिहान नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रम आयोजना गरिएको स्थल प्रज्ञा भवनबाट चौधरीलाई सादा पोशाकमा आएका प्रहरीहरुले नियन्त्रणमा लिएका थिए ।

प्रहरीले चौधरीलाई टीकापुर घटनाको सन्दर्भमा सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको जनाएको र उनलाई डिल्लीबजार कारागार पठाइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार