सर्लाही – जाजरकोटमा घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको नलगाड नगरपालिका–१३ खातीगुर्ताकी ३० वर्षीय कल्पना बोहरा रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आज (बुधबार) दिउँसो घाँस काट्न गएको समयमा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।






