सर्लाहीमा गाँजासहित एक पुरुष पक्राउ

२०८२ बैशाख १७, बुधबार २२:११
सांकेतिक तस्बिर

सर्लाही – सर्लाहीमा ७ किलो भन्दा बढी गाँजासहित एक पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको बरहथवा नगरपालिका – ११, का ३७ वर्षीय राम प्रवेश मुखिया रहेका छन्। प्रहरीका अनुसार उनलाई आज दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले मलंगवा नगरपालिका – ९, नागमनी टोलबाट पक्राउ गरिएको हो।

प्रदेश २-०३-००७ प २५९३ नम्बरको मोटरसाईकलमा सवार भई आएका उनलाई प्रहरीले चेकजाँच गर्ने क्रममा उनले बोकेको कालो रंगको झोलामा करिव ७ किलो ४ सय ग्राम गाँजा भेटिएपछि उनलाई पक्राउ गरिएको हो।

गाँजासहित पक्राउ परेका उनलाई सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि थप अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार