सर्लाही – पेट्रोलियम पदार्थको मूल्य घटेको छ । ईण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटेको नेपाल आयल निगमले जनाएको छ।
निगमका अनुसार आजै राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो । जस अनुसार पेट्रोलको मूल्य २ रुपैयाँ, डिजेल र मट्टितेलको १ रुपैयाँले घटेको छ । यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि १ रुपैयाँले घटेको छ ।







