सर्लाही – जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेत्री डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ।
बुधबारर सामाजिक सञ्जालमा बाहिरिएको उक्त भिडिओमा सिंहसँगै अन्य मानिसहरू पनि नाचिरहेको देखिन्छ । पेस्तोलबाट सिंहले एक राउण्ड ‘हवाई फायर’ गरेको धुवाँ उडेको दृश्य पनि भिडिओमा देखिन्छ ।

त्यसपछि अर्का युवाको उक्त पेस्तोल समाएको देखिन्छ । पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल भएपछि यसबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कर्यालय सप्तरीले जनाएको छ।
प्रहरीका अनुसार अहिलेसम्म उक्त भिडिओ कहाँको र कहिलेको हो भन्ने केही खुलि सकेको छैन। सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की यादव जसपा नेपालकी उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् । – अन्लाईन खबरबाट





