पर्सामा अपहरणको अभियोगमा नाबालकसहित ४ जना पक्राउ

२०८२ बैशाख १८, बिहीबार १३:१२

सर्लाही – पर्सामा अपहरणको अभियोगमा नाबालकसहित ४ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कलैया उपमहानगर-१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो।

अपहरणमा परेका साहको वीरगञ्ज महानगर–१२ मुर्लीस्थित एक घरबाट मङ्गलबार राति उद्धार गरेको तथा अपहरणमा रिकेशकुमार र राजन गुप्ता तथा सखुवाप्रसौनी गाउँपालिकाका सिकेन्द्र साहलाई पक्राउ गरिएको हो। प्रहरीले हिरासतमा रहेका नाबालकको विवरण भने खुलाएको छैन। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार