किट विश्वविद्यालयमा फेरि बिरगंज कि एक छात्रा झुण्डिएको अवस्थामा मृत फेला

२०८२ बैशाख १८, बिहीबार २२:११

सर्लाही – भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) किट विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला परेकी छन् ।

बिहीबार साँझ उक्त विश्वविद्यालयको प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगञ्जकी प्रिसा साह मृत फेला परेकी हुन्। उनको शव कलेज होस्टेलमा फेला परेको थियो ।

गत ४ फागुनमा यही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् । उनी प्रथम वर्षको परीक्षा दिनका लागि विश्वविद्यालयको होस्टेलमै बस्दै आएकी थिइन् । प्रकृति लम्साल बस्दै आएको होस्टेलमै उनी पनि बस्दै आएकी थिइन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार